arrow

रुपन्देहीको तिलोत्तमामा कभर्डहल निर्माण विवाद

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असार २० बुधबार
tilotama_(2).jpg

बुटवल ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ मा  निर्माण  गर्न थालिएको कर्भडहल विवादमा आएको छ ।  विवाद आएपछि नगरपालिको  पहिले गरेको निर्णयलाई रोकेको छ ।

 विभिन्न विरोध र टिप्पणीका बीच तिलोत्तमा नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि कभर्ड हल निर्माणमा रोक लगाएको छ । तिलोत्तमा नगरपालिकाको वार्ड न. ६ स्थित वार्ड कार्यालय भएको जग्गा स्थानीय हिमाल युथ क्लबलाई सहलगानीमा कभर्ड हल निर्माणार्थ प्रदान गर्न लागेकोमा स्थानीय केही व्यक्तिको विरोधपछि अर्को निर्णय नहुँदासम्मको लागि रोक्का भएको छ । गत जेष्ठ ४ गतेको २२ न को बैठकद्वारा निर्णय नं ९ मा गरिएको निर्णय फेरी  रोक्का भएको छ । सो जग्गामा निर्माण शुरु नगर्ने गरी कार्यपालिकाको मंगलबार दिउँसो बसेको बैठकबाट अर्को निर्णय नभएसम्मका लागि पूर्ववत अवस्थामा नै राखी नगरपालिकाले नै संरक्षण गर्ने निर्णय गरेको छ ।

मंगलबार नै  विरोधमा उत्रिएका स्थानीय माधव पाठकले विरोधका हस्ताक्षर नगरमा बुझाएका थिए भने हिमाल युथ क्लबले समेत नगरपालिका अगाडि नै पत्रकार सम्मेलन गरी आफूहरुमाथि झुटा आरोप लागेको र समाजको विकासका निम्ति अघि बढेको क्लबलाई समाजको विकासमा बाधा पुर्याइएको बताएका थिए ।

५५ लाखको लगानीमा आफै लगानी शुरु गर्न सामाजिक सहयोग उठाउन कम्मर कसेको हिमाल युथ क्लबलाई सो निर्माण कार्यमा रोक लगाउँदा २÷२ पटक भएको निर्णय माथिको आत्मसम्मान र जिम्मेवारी तथा अभिभावकत्व नगरपालिकाले गुमाएको बताएका छन् । कभर्ड हाल निर्माण समितिका अध्यक्ष गणेश पाठकले सो निर्णय नसच्याए सशक्त प्रतिरोध गर्ने बताएका छन् । उनले नगरपालिकाले गरेका निर्णय लागू नगर्नु गैरजिम्मेवारी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ