प्रदिप पौडेलको नेतृत्वमा काँग्रेसले तोडयो केपीको दम, तोडयो निषेधाज्ञा
.
प्रकाशित २०७५ असार २० बुधबार
362
Shares
काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदिप पौडेलको नेतृत्वमा काँग्रेस कार्यकर्ताहरूले सरकारले लगाएको निषेद्याज्ञा तोड़ेेेका छन्I प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलय सिंहदरबार नजिकै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई साथमा लिएर पौडलले निषेद्याज्ञा तोडेका हुन। माइतीघर मण्डलामा बुधबार दिउँसो पौने ३ बजे निषेधित क्षेत्र तोडिएको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा काँग्रेस कार्यकर्ता र विद्यार्थीहरु समूहले निषेधित क्षेत्र तोडेको हो। व्यापक प्रहरी परिचालनका बाबजुद पनि निषेधित क्षेत्र तोडिएको हो। संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । त्यही रणनीति अनुसार काँग्रेस नेता पौडेलको नेतृत्वमा बृहद प्रदर्शन गरेको हो।
गृहमन्त्री राम बहादुर थापा बादलले जारी गरेको एक सातापछि काँग्रेसले निषेधाज्ञा तोडेको हो। कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्बोधन गरेका थिए।
माइतीघरको निषेधाज्ञा तोडेपछि कांग्रेस केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वसभापति प्रदीप पौडेल सरकारको कामको विरोध गर्न पाउनुपर्ने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विगतमा यही ठाउँमा बसेर विरोध गरेको स्मरण गराउँदै अहिले सत्तामा पुगेपछि विरोध गर्न नदिने प्रवृत्ति गणतन्त्रविरोधी भएको आरोप पनि लगाए।
ओलीले विगतमा बयलगाडामा चढेर अमेरिका गइन्छ भन्ने भनाइ यही माइतीघर मण्डलाबाट भनेका भन्दै उनले अहिले आफ्नो आन्दोलनको समयमा यही ठाउँलार्इ निषेधाज्ञा लगाएर सरकार निरंकुश बन्न खोजेको बताए। नेता पौडेलले पहिला ज्ञानेन्द्रले पनि यस्तै गतिविधि गर्दा उनलार्इ निरंकुश ठहर गरिएको भन्दै यही कुरा दोहोर्याउँदा ओली कसरी स्वतन्त्रतावादीरु भनी प्रश्न गरे। उनले ' हामीले राजा ज्ञानेन्द्रलार्इ त फाल्यौँ, ओली टिक्लान र?' भन्दै आक्रोश पनि व्यक्त गरे। उनले ओली सरकारको कार्यशैलीप्रति शंका व्यक्त गर्दै भने, ' ओली गणतन्त्रवादी होइनन् भन्ने पहिला नै शंका लागेको थियो, अहिले उनका गतिविधिले यसलाई प्रमाणित गरिदिएको छ।'
पौडेलले माइतीघर मण्डला सबैको साझा चौतारी भएकाले शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गर्न पाउनुपर्ने बताए। उनले लोकतन्त्र रक्षाका निम्ति कांग्रेस जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने उद्घोषसमेत गरे। त्यस्तै, कांग्रेस नेता पौडेलले विगत लामो समयदेखि वीर अस्पतालमा अनसन बसिरहेकी गोरखा भुजेलकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न पनि आग्रह गरे।
अबला नारीको जीवनरक्षाका लागि सरकारले ध्यान नदिएको भन्दै उनले अधिकारीका छोरा कृष्ण अधिकारीको हत्यारालार्इ यथाशीघ्र कारवाहीको दायरामा ल्याउन माग गरे। उनले अनसनरत डा गोविन्द केसीको मागलार्इ उचित सम्बोधन गरी जीवनरक्षा गर्न पनि सरकारसँग माग गरे। प्रदर्शनकारीहरुले गंगामाया अधिकारी, डा गोविन्द केसी लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए। उनिहरुले माइतिघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका थिए।
काँग्रेसका र नेविसंघका कार्यकर्ताहरूले निषेद्याज्ञा तोड्दै केपी ओली र सरकार बिरूद्ध नारावाजी गरेका थिए। प्रर्दशनका क्रममा २ बिद्यार्थी अर्वत खड्का र निरञ्जन थापा घाईते भएको नेविसंघका उपाध्यक्ष राम प्रसाद अधिकारीले जानकारी दिएI