arrow

निषेधित क्षेत्र तोड्दै डाक्टरहरुले लगे डा. केसीलाई अस्पताल

logo
ईश्वरी प्रसाद देबकोटा,
प्रकाशित २०७५ असार २० बुधबार
dr.kc-hospital-jumla_.jpg

जुम्ला। आमरण अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।  बुधवार विहानै देखि एक्लै छटपटाइरहेका डा.केसीलाई चिकित्सकहरुले साझ साढे ५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको इमेरजेन्सीमा राखेका छन् ।

 स्वास्थ्य शिक्षा सुधारको माग राख्दै गत शनिवार देखि आमरण अनशनमा वसेका डा.केसीलाई प्रहरीले कवडहलमा राखेको थियो । डा.केसीको स्वास्थ्य अवस्था गम्भिर भएपछि प्रहरीको निषेधित क्षेत्रको घेरा तोड्दै अस्पताल ल्याएको डा.प्रविण गिरीले वताए ।

प्रशासनसंग पटक पटक डा.केसीको जीवन रक्षामा माग गरेपनि कुनै सुनुवाइ नभएकाले उनको स्वास्थ्य अवस्था गम्भिर भएर एक्लै छटपटाइरहेको थाहां पाएपछि  जवरजस्ती अस्पताल ल्याएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले वताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ