arrow

प्रचण्ड नेपाली क्रान्तिका खलनायक : किरण

logo
प्रकाशित २०७५ असार २० बुधबार
prachanda-and-puspakamal.jpg.jpeg

काठमाडौं ।  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड–केपी नेतृत्वको (नेकपा) कम्युनिष्ट नभएको बताएका छन् । बुधबार संवाद डबलीमा उनले जनताको बलिदानमा टेकेर अहिले दलाल संसदीय व्यवस्थामा डुबेको बताउँदै क्रान्ति सम्पन्न गर्न असल कम्युनिष्टहरु एकजुट हुनुपर्ने बताए । प्रचण्ड नेपाली जनताको क्रान्ति र परिवर्तनको लडाईँमा खलनायक बनेर देखा भएको उनको भनाई छ ।

पूर्वजनमुक्ति सेनालाई संगठित बनाएर क्रान्तिको लागि आधार तयार पार्नुको विकल्प नरहेको बताउँदै जनमुक्ति सेनाको सामथ्र्य र इतिहास देखेर सरकार आतंकित भएको बताए । महासचिव किरणले जनयुद्धमा भएको जनमुक्ति सेनाको योगदान कहिल्यै भुल्न नहुने र थप सशक्त बनाउनुपर्नेमा जोड दिए । जनयुद्धका सहिद र बेपत्ता योद्धाको सपना पूरा गर्ने दायित्व आफूहरुमाथि आएको उनको भनाई छ ।

नेकपा (माओवादी केन्द्र) संयोजक गोपाल किराँतीले अहिलेको दलाल सरकारले नै पूर्वजनमुक्ति सेनालाई सक्रिय र संगठित हुने वातावरण बनाइरहेको बताए । देशबाट सामन्ती शासन र तानाशाही व्यवस्था भत्काउन जनयुद्धमा सहिद र बेपत्ता योद्धाले बलिदान र त्याग गरेको स्मरण गराउँदै सहिद र बेपत्ताको सपनामाथि प्रचण्डले धोका दिएको बताए । अब देशमा क्रान्ति उठ्ने महासचिव किराँतीको धारणा छ । हरेक समूदाय राज्यका अधिकारको दृष्टिकोले सबैतिर पछाडि पारिएको भन्दै संघर्षमा जानुको विकल्प नरहेको बताए ।

जनक्रान्तिका महान शहिद परिवार समाज नेपालका केन्द्रीय संयोजक कर्णजति बुढाथोकी ‘सुशिल’ ले सरकारले जनयुद्ध लडेर देशबाट सामन्ती राजतन्त्र फाल्न सफल पूर्वजनमुक्ति सेनाको योगदानलाई सम्मान गर्न अभिनन्दन कार्यक्रमले सहयोग पुर्याउने बताए ।
देशमा बढ्दै गइरहेको अराजक्ता र राष्ट्रघातका कारण पूर्वजनमुक्ति सेनाको काँधमा नयाँ जिम्मेवार थपेको बताए । जिम्मेवारी पूरा गर्न नेकपा –माओवादी केन्द्र) सदैव तयार रहेको र संगठित बनाउने काम तीव्रता बढिरहेको बताए ।

प्रचण्ड–ओली दलाल संसदीय व्यवस्थामा फसेको र नेपाली कांग्रेस जिर्ण बनेको बेला नयाँ क्रान्तिकारी शक्तिले जनताको सत्ता सम्हाल्नुपर्ने बेला आइसकेको उनको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ