arrow

देउवाको पालामा सात महिनामा भएका सबै नियुक्ती ओलीले गरे खारेज

नेकपाका कार्यकर्ताको भर्ती गर्न ओलीले लिए निर्णय

logo
प्रकाशित २०७५ असार २० बुधबार
oli-deuba.jpg

काठमाडौं। केपी ओली नेतृत्वको सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ती खारेज गरेको छ । 

सरकारले २०७४ भदौदेखि केपी ओली नेतृत्वको सरकार गठन हुँदासम्मका सवै नियुक्ती खारेजको निर्णय गरेको हो।

भदौदेखि फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएसम्मको सात महिनाका नियुक्ती खारेज गरि आफ्ना मान्छे भर्ती गर्न सरकारले मन्त्रीपरिषदबाट यो निर्णय गरेको हो। 

बुधवार राती बसेको मन्त्रीपरिषदको वैठकले निर्वाचन आचारसंहिता लागू भएपछि र वर्तमान सरकार गठन हुनुभन्दा अगाडीका सम्पुर्ण राजनितिक नियुक्ती खारेज गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले बताए।

यसमा देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखदेखि नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, समिति, कम्पनी वैंक वा अन्य संस्थामा मन्त्रीपरिषदबाट वा मन्त्रीस्तरिय निर्णयबाट भएका सबै नियुक्ती खारेज गरेको सरकारको उच्च स्रोतले जानकारी दिएको छ। 

ओली नेतृत्वको सरकार गठन लगत्तै यसअघीको सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने नेकपाका नेताहरुले बताउँदै आएका थिए। नेकपामा नेताहरुले आफ्ना कार्यकर्ता भर्ती गर्न यो निर्णय लिइएको बताइएको छ। 

यो निर्णयले राजनीतिक नियुक्ती बाहेक प्रक्रिया पुर्‍याएर परिक्षा समेत लिइ नियुक्ती गरेकाहरुको हकमा पनि रहेको बताइएको छ। 

सरकारको यो निर्णय दर्जनौ नियुक्ती खारेज हुने देखिएको छ भने केहि नियुक्ति खारेज हुँदा ति पदमा रहेकाहरुले कानुनी उपचार खोज्न सक्ने देखिएको छ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ