arrow

दश गुणा पैसा लिइ काम गरिदिने यातायात कार्यालयबाट आठ बिचौलिया पक्राउ

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
handcuffs-1.jpeg

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ । 

परिसरको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र काठमाडौँका बालकृष्ण खत्रीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । 

परिसरका प्रवक्ता मोहनकुमार थापाले सेवाग्राहीलाई सिधै कार्यालय जान नदिई दश गुणा पैसा लिई काम गरिदिने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रवक्ता थापाका अनुसार सेवाग्राहीलाई जबर्जस्ती तानिरहेको र कार्यालय जान अवरोध गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध सार्वजनिक अपराधमा म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ