arrow

सर्वोच्चले भन्यो – दोहोरो नागरिकता हुँदै हुन्न 

logo
हाम्रा कुरा
प्रकाशित २०७५ असार २१ बिहिबार
supreme-court-of-Nepal-Final1.jpg.jpeg

काठमाडौं । विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नभई कायम रहिरहनुपर्ने माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । दोहोरो नागरिकता लिन पाउनु पर्ने भन्दै दायर भएको रिट खारेज भएको हो 

सर्वोच्च अदालतका पाँच न्यायाधीशको पूर्ण इजलासले उक्त रिट खारेज गरेको हो । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेको इजलासले निवेदकको माग दाबी अनुसार आदेश जारी गर्नु नपर्ने भन्दै रिट खारेज गरेको हो । 

बेलायतमा बसोबास गरेका गोविन्द वेल्वासे र सुरेन्द्रबहादुर श्रेष्ठले नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भन्ने नागरिकता ऐन २०६३ को दफा १० लाई खारेज गर्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए । 

गैरआवासीय नेपाली संघलगायतका निकायले विदेशी नागरिकता भए पनि नेपाली नागरीकता कायम गरिनुपर्ने भन्दै लबिङ गर्दै आएका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका संसद् सचिवालय, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ