arrow

डा केसीको अवस्था स्थीर, चिकित्सक संघको कडा चेतावनी 

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
dr-govinda-kc-emergency.jpg

जुम्ला । अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था स्थीर रहेको छ । स्वास्थ्य गम्भीर भएपछि उपचारका लागि बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएका डा केसीको स्वास्थ्य स्थीर रहेको डा प्रविण गिरीले जानकारी दिए । 

गत शनिबारदेखि आमरण अनसनरत डा केसीलाई निषेधित क्षेत्र घोषणा गरी फोहर र दुर्गन्धित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा बस्न दिइएको थियो । त्यहाँ डा केसीलाई स्लाइनसमेत चढाउन मिलेको थिएन । 

बुधबार अपरान्ह स्वास्थ्य गम्भीर भएपछि डा केसीका सहयोगीहरुले निषेधित क्षेत्र तोडेरै एम्बुलेन्समा अस्पताल पुर्याइएको थियो । डा गिरीले मुखबाट खाना नखाएकाले डा केसीको स्वास्थ्यमा सुधार आउन समय लाग्ने बताए । 

चिकित्सक संघको कडा चेतावनी 
डा केसीको जीवनरक्षाको माग गर्दै मंगलबारदेखि इमरजेन्सी बाहेकका सेवा ठप्प गरेका कर्णालीका चिकित्सकहरु बिहिबारदेखि काममा फर्केका छन् । नेपाल चिकित्सक संघ कर्णाली शाखाले तत्कालका लागि आन्दोलन स्थगित गरेको जनाएको छ । कर्णाली शाखाले नेपाल चिकित्सक संघको केन्द्रबाट जस्तो किसिमको निर्देशन आउँछ त्यसै गर्ने भन्दै आन्दोलन स्थगित गरेको जनाएको छ ।  हुन् । 

यता केन्द्रले पनि विज्ञप्ति जारी गरी कर्णालीको आन्दोलनन तत्कालका लागि स्थगित भएको जनाएको छ । उसले गोविन्द केसीका मागमा सरकारले पूरा गर्न आनाकानी गरे खरो भएर उत्रने चेतावनी दिएको छ ।  

संघले डा केसीको जीवनरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोग गुहारेको छ । पटक–पटक आवाज उठाउँदा पनि केसीको जीवनरक्षाका लागि सरकार अग्रसर नदेखिएको भन्दै संघ आयोग र संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय पुगेको हो । 

सरकारले डा केसीको आमरण अनसनलाई निस्तेज पार्ने योजना बनाएको बुझिएको छ । गृहमन्त्री रामबहादुर थापाले जहाँ पायो त्यहीं आन्दोलन र अनसनमा बस्न नमिल्ने प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा जवाफ दिएका थिए । तर उनले सरकार छलफलका लागि तयार रहेको बताएका छन् । 

सरकार आफू अनुकुल चल्न खोजिरहेको छ । डा केसीले माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने र माथेमा आयोगको प्रतिवेदनलार्य अक्षरस पालना गर्न पनि माग गरेका छन् । 

डा केसी १५ औं पटक आमरण अनसन बसिरहेका छन् । गरिबका छोराछोरीले पनि पढ्न पाउनु पर्छ भनेर आवाज उठाउने केसीका माग जायज भन्दै जनमानसमा पनि केसीप्रति ऐक्यवद्धता बढ्न थालेको छ । 

सरकारले भने केसीका मागमा कुनै तुक नभएको बताउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ