arrow

बाटो ध्वस्त भएपछि ट्रयाक्टर चलाउन प्रतिवन्ध

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
malarani-gaupalika.jpg

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाले ट्रयाक्टर चलाउन प्रतिवन्ध लगाएको छ । अविरल बर्षाका कारण मोटरबाटोको स्थिति नाजुक हुँदै गएकाले असार १८ गतेदेखि लागु हुने गरी अर्को सूचना प्रकाशन नभएसम्म ट्याक्टर चलाउन प्रतिवन्ध लगाएको हो । 

प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले जारी गरेको विज्ञप्ति अनुसार अब ट्याक्टर चलाउन पाइने छैन । 

ग्रामिक भेगमा जथाभावी सडक निर्माण भएका कारण पनि ट्याक्टर धान्न सक्ने अवस्था पाइँदैन । वर्षाले त झन् जनजीवन नै अस्तव्यस्त पारेपछि पहिरो जाने भइरहेको छ । 

ट्याक्टरले बाटो बढी बिगार्ने भएकाले पनि माटो कमजोर भएका समयमा ट्याक्टर चलाउन रोक लगाइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ