arrow

सर्पले टोकेर गयो नौ जनाको ज्यान 

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
snake-bite.jpg

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो वर्षको अहिलेसम्म बढेर नौ पुगेको अस्पतालले जनाएको छ । 

वर्षा शुरु भएयता दैनिक ८–१० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निमित्त प्रमुख डा कृष्णप्रसाद आचार्यले बताए ।

ढिला गरी उपचारमा आउने गरेका कारण मृत्यु हुनेको संख्या बढेको अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रदेश ५ को बाँके, बर्दिया, दाङ, पश्चिम रुकुम र प्यूठानका साथै कर्णाली प्रदेश र प्रदेश नं ७ बाट समेत सर्पदंश भएका उपचारका लागि आउने गरेका छन् । 

अस्पतालले सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टिभेनम’ औषधि निःशुल्क उपलब्ध गराउँदै आएको अस्पताल प्रमुख डा आचार्यले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ