arrow

जनप्रतिनिधीले गरे कार्यपालिकाको माइन्युट कब्जा

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
bajura-district.png

बाजुरा ।  बाजुराको बडीमालिका नगरपालिकाको नगर सभाको निर्णय पुस्तिका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले कब्जामा लिएका छन् । जनप्रतिनिधी भएकै कारण केटाकेटी पना देखाएर नगरपालिकाको माइन्युट कब्जा गरेको बताइएको छ ।

नगरपालिकाको २२ गते प्रस्तुत हुने योजनाको बजेटको विषयमा छलफलका क्रममा तत्कालिन एमालेबाट जितको पाँच जना वडाअध्यले बिहिबार पत्रकार सम्मेलन गर्दै नगरपालिकामा बहुमतको दम्ब देखाउदै योजनाहरु एकलौटी रुपमा छनौट गरेको प्रति आपत्ति जनाउदै नगर कार्यपालिकाको माइन्युट कब्जा गरिएको बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार वि.कले सम्मेलन मार्फत जानकारी दिए ।

उनले नगर प्रमुख नगरको अभिभावक हुनुपर्नेमा नेपाली काँग्रेसको कार्यकर्ता व्यवहार कार्यपालिकामा देखाएको आरोप लगाए । पाँच जना वडाअध्यक्षहरुले प्रेस विज्ञप्ती जारी गर्दै सुनियोजित रुपमा जनप्रतिनिधी माथि हमला गर्न खोजेका,बजेट बाँडफाँडमा भुगोल,जनसंख्याका आधारमा नभई राजनितिक आधारमा विनियोजन गरेको पत्रमा उल्लेख गरिएको छ ।
 
यस भन्दा पहिलेका नगर सभमा धर्ना, विरोध,ध्यनाकर्षण गराएपनि कुनै सुनुवाई नभएपछि नगरकार्यपालिकाको माइन्युट कब्जा गरिएको बडीमालिका नगरपालिका–२ का वडाअध्यक्ष डम्मर महतले बताए । पाँच जना वडाअध्यक्षले पाँच बुदाँमा असहमती जनाउदै नगरकार्यपालिकाको बैठक समेत बहिस्कार गरिएको अध्यक्ष महतले बताए ।
 
पत्रमा बस्ती स्तरबाट आएका योजनाहरुमा बजेट विनियोजन नगरेको,एमालेबाट निर्वाचित वडाअध्यक्षको निर्वाचित क्षेत्रमा कम बजेट विनियोजन गरेको र काँग्रेसका जनप्रतिनिधीले जितेको वडामा हचुवाका भरमा बजेट विनियोजन गरेको उल्लेख छ ।  स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १२मा उल्लेख भए अनुसार वडा समितिको काम,कर्तव्य र अधिकारको क्षेत्राधिकार मिच्दै काम कारबाही गर्दै आएको सुरेन्द्र नाथ सहितका पाँच जनाको हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ।

नगरकार्यपालिकाको बैठक बहिष्कार गर्ने अन्य प्रावधान हुदाहुदैपनि गैर कानुनी रुपमा एक वर्ष अघिका निर्णय पुस्तिका समेत कब्जा गर्ने नियतले माइन्युट गलत  प्रक्रिया भएको बडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत त्रिलोक चन्दले बताए ।

उनले दिएको जानकारी अनुसार नगरका वडाबाट आएका योजनाका विषयमा छलफलका क्रममा उनीहरुले अनैतिक शैलिमा नगरपालिकाको निर्णय पुस्तिका लिनु कानुन विपरित गरेको बताए ।
 
बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले संघ र प्रदेश सरकार नेकपाको बनेको दम्ब देखाउदै पाँच जना वडाअध्यक्षहरुले निर्णय पुस्तिका नियन्त्रणमा लिनुमा आफैमा गैर जिम्मेवारी भएको बताए  ।

नगर सरकार आफैमा स्वायत्त भएकाले प्रदेश र संघको आडमा नगरका विकास कार्यमा अवरोध गर्नु जनप्रतिनिधी नभई गुण्डा प्रवृत्ती देखाएको नगर प्रमुख बडुवालले बताए ।
 
उनले  नगरपालिकाबा प्रत्येक वडाबाट आएका योजनाको विषयमा छलफल हुन नपाउदै पाँच जना वडाध्यक्षले माइन्युट  प्रमुख प्रशासकिय अधिकृतको हातबाट खोसेर लिएको बताए । माइन्युट लिएपनि बहुमतबाट टिप्पणी उठाएर २२ गते नै विनियोजन  बजेट प्रस्तुत हुने नगर प्रमुख बडुवालको भनाई रहेको छ ।
 
नगरपालिकाले माइन्युटको खोजनी कार्यका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा पत्र पठाएको प्रमुख प्रशासकीय अधिकृत चन्दको भनाई रहेको छ । माइन्युट खोजी कार्य गरी तत्काल नगरपालिकामा उपलव्ध गराउन पत्र सहित जिल्ला प्रशासन कार्यालयमा पठाएको चन्दले बताए ।
 
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमसख जिल्ला अधिकारी चेतराज बरालले माइन्युट खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यलयमा पत्र पठाएको बताए । नगरपालिकाको माइन्युटको खोजी कार्य जारी रहेको प्रहरीको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ