arrow

स्व‍.कोइरालाको सम्मानमा व्यवस्थापिका संसद्नमा शोक प्रस्ताव

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
Sushil-Koirala3.jpg.jpeg
काठमाडौं।व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यक्रम रहेको छ । 
 
लामो समयपछि बस्न लागेको संसद् बैठकमा गत सोमबार राति निधन भएका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका स्वर्गीय कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । कोइरालाले नेतृत्व गरेको सरकारले गत असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी गरेको थियो । 
 
कोइराला २०७० मङ्सिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट संविधानसभा सदस्यमा निर्वाचित भएको थियो । काँग्रेसको आशन्न १३औँ महाधिवेशनका कारण प्रमुख राजनीतिक दलको सहमतिमा संसद्को बैठक सारिँदै आएको छ । व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार बिहीबारको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने र त्यसका लागि सचिवालयले आवश्यक तयारी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ