arrow

वन्यजन्तु छेक्ने तारबार भत्कियो, स्थानिय चिन्तित, कसले बनाइदिने ? 

logo
दिर्घराज ओझा,
प्रकाशित २०७५ असार २२ शुक्रबार
local-people.jpg

पुनर्वास । कञ्चनपुर जिल्लाको दक्षिणी भेगको पुनर्वास नगरपालिका १० स्थित सिद्ध देवी सामुदायिक वनमा वन्यजन्तु छेक्न लगाइएको जैविक तारबारको पोल वर्षाको भेलले भत्काए पछि बाली कसरी जोगाउने भन्दै चिन्तित भएका छन् । 

३ दिनअघि परेको अबिरल वर्षाका कारण पुनर्वास नगरपालिका १० का बिकासबस्ती र भिमबस्तीको सिमाना संगै रहेको सामुदायिक वनमा लगाइएको तारबार भत्किए पछि स्थानीय त्रसित बन्न पुगेका हुन् । 

हात्ती ,बनेल लगायतका वन्यजन्तुको आवतजावत हुने समय आए संगै तारबार भत्किएको पछि अन्नबाली र मानव बस्ती जोखिममा परेको स्थानिय बासिन्दा बताउँछन् । 

सिद्ध देवी सामुदायिक वनका अध्यक्ष प्रेमसिह ठगुन्ना भन्छन् ‘बस्तीमा वन्यजन्तुको प्रवेश रोक्न लगाइएको तारबार अविरल वर्षाको भलले भत्काइ दियो अब मानव बस्ती र खाद्य बाली जोगाउनै गाह्रो भयो यहाँका पिडितको पीडा कसले समाधान गरिदिने । वन्यजन्तुको आवतजावत हुने समय आउनै लाग्दा तारबार भत्किएको छ । मर्मत र पुनर्निर्माण हुन नसके अन्नबाली संगै मानवीय क्षेतिको जोखिम बढेको छ ।’

लालझाडी राष्ट्रिय वनसंगै जोडिएको सिद्ध देबि सामुदायिक वन क्षेत्रको मानव बस्ती जोगाउन लगाइएको तारबार भत्किएपछि पुनर्वासका ३ वटा गाउँ बिकास बस्ती, भिमबस्ती र अमरबस्ती वन्यजन्तुको आक्रमणबाट हुन सक्ने जोखिममा परेका छन् । 

३ दिनअघिको वर्षाको भेलले उक्त सामुदायिक वन क्षेत्रमा मानव बस्ती जोगाउन बनाइएको करिब ३५ वटा पोल भत्काएको छ । तारबार भत्किएको कारण बस्तीमा स्थानिय त्रसित बन्दा समेत वडा ,नगर लगायत उच्च तहका जनप्रतिनिधिहरु समेतले वास्ता नगर्दा हामीलाई सास्ती भएको पुनर्वास ११ का शिबु चुनाराले दुखेसो राखे ।

उनी भन्छन् ‘तारबार हुँदासम्म त अलि राहत थियो भत्कियो अब त हाम्रो रातिको निन्द्रा समेत हरायो कति खेर हात्तीको बथान बस्तीमा छिर्छ र आतंक मच्चाउछ कुनै ठेगान छैन । जनप्रतिनिधिले पनि चासो नदेखाउँदा हाम्ले कसरी जोगिने चिन्ता लागेको छ ।’ 

तारबार भत्किएपछि भारतीय दुधुवा निकुञ्ज र लालझाडी वनको बीचभागमा रहेका पुनर्वासका यी ३ वटा बस्ती  यतिबेला संकटमा पर्ने देखिएका छन् । 

बर्सेनि वन्यजन्तुको जोखिम मोल्दै आएका बिकासबस्ती ,भिमबस्ती र अमरबस्तीको सिमानामा रहेको सिद्ध देबि सामुदायिक वनमा लगाइएको तारबारको पुनर्निर्माण गर्न स्थानिय निकाय र सम्बन्धित पक्षले पहल गर्न नसके  यस क्षेत्रमा खाद्य संकट संगै मानवीय क्षेती समेत हुन सक्ने सम्भावना रहेको छ । 

बिगत लामो समय देखि जंगली हात्तीको आतंकका कारण ठूलो परिणाममा अन्नबालीको क्षेती बेहोर्दै आएका लालझाडी क्षेत्रका बासिन्दाहरुले मानवीय क्षेति समेत बेहोरेका छन ।  

भत्किएको तारबारको पुनर्निर्माण अबिलम्ब गरि जनतालाई राहत पुगाउन स्थानिय निकायको पहलको माग स्थानियहरुले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ