arrow

डा गोविन्द केसीको स्वास्थ्य सुध्रेन 

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार
dr-govinda-kc-emergency.jpg

जुम्ला । अनशनरत डा गोविन्द केसीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । उनको अवस्था स्थीर रहेकाले खतराबाट बाहिर नरहेको डा प्रविण गिरीले बताए । डा केसीको बुधबारदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

डा गिरीका अनुसार शरीरमा ह्वाइट ब्लड सेल्स (डब्लुबीसी) घट्दै गएकाले डा केसीलाई संक्रमण हुने खतरा बढेको छ । जीउमा लड्न सक्ने क्षमता घट्दै गएकाले संक्रमणको खतरा तीव्र छ । 

डा गिरीले हाम्राकुरासंग भने, ‘शुक्रबार सातौं दिन भयो, मुखबाट नखाएपछि समस्या हुन्छ, शरीर कमजोर हुँदा खतरा बढ्दो छ घट्दो छैन ।’ उनले भने, ‘उहाँको अवस्थालाई सुधार भन्नै मिल्दैन ।’

गत शनिबारदेखि आमरण अनसनरत डा केसीलाई निषेधित क्षेत्र घोषणा गरी फोहर र दुर्गन्धित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा बस्न दिइएको थियो । त्यहाँ डा केसीलाई स्लाइनसमेत चढाउन मिलेको थिएन । 

बुधबार अपरान्ह स्वास्थ्य गम्भीर भएपछि डा केसीका सहयोगीहरुले निषेधित क्षेत्र तोडेरै एम्बुलेन्समा अस्पताल पुर्याएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ