arrow

कञ्चनपुरका पशुचौपाया बाजुरामा वितरण

logo
रमित बिक
प्रकाशित २०७५ असार २२ शुक्रबार
gai.jpg

बाजुरा । कञ्चनपुरका पशुचौपाया बाजुराको बडिमालिका नगरपालिकामा व्यवस्थापन गरिएका छन् । बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर नगरपालिकाका ९१ परिवारलाई एक–एक गाई र बहर वितरण गरिएको बडिमालिका नगरपालिका पशु शाखा बाजुराका प्रमुख शंकर सिंहले जानकारी उदएका छन् । 

उनका अनुसार शुक्लाफाटा नगरपालिका र भिमदत्त नगरपालिकाबाट ८४ गाई र ७ वटा बहर ल्याएर वितरण गरेको हो । गाईहरुलाई विभिन्न रोग लागेको हुनसक्ने भएकाले ति गाईलाई उपचारपछि मात्र बाजुरा ल्याइएको सिंहले बताएका छन् । 

बजारमा छाडा छोडिएका उक्त गाई बाजुरामा व्यवस्थापन गर्नका लागि प्रदेश सरकारको निर्णयसहित बडिमालिका नगरपालिकालाई पत्र पठाएको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए । 

उनले किसानलाई उन्नत जातका गाई ल्याएर वितरण गरिएको बताए । उन्नत जातका गाई आर्थिक अभावबाट गाई खरिद गर्न नसक्नेलाई वितरण हुँदा राहत पुगेको नगर प्रमुख बडुवालको भनाई रहेको छ । 

कञ्चनपुरबाट ल्याईएका ९१ गाईको निःशुल्क रुपमा पशु शाखाले पशु बीमा गर्ने शाखा प्रमुख सिंहको भनाई रहेको छ । आगामी वर्ष आर्थिक अभाव भएका कृषकलाई निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको उनले बताए । 

नगरपालिका यसअघि भैँसीलाई पोषण भत्ता दिने कार्यक्रम पनि ल्याएको थियो । बडिमालिका नगरपालिका वडा नं ३ ले सिफारिस छिटो नदिँदा उक्त वडामा भने उन्नत जातका गाईहरु वितरणबाट बञ्चित भएको छ । अन्य ८ वटै वडामा उतm गाई तथा बहरहरु वितरण गरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ