सरकारले संविधान उल्लंघन गरेको अवस्थामा विरोध गर्ने थलों बार हो : दामोदर खड्का
प्रकाशित २०७५ असार २२ शुक्रबार
266
Shares
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएशनको यही असार २३ गते शनिवार हुन गई रहेको निर्वाचनमा बृहत लोकतान्त्रिक समूह र प्रगतिशील समूह बीच प्रतिस्पर्धा हुने भएको छ ।
उक्त बारको निर्वाचनका लागि अध्यक्ष पदका लागि बृहत लोकतान्त्रिक समूहको तर्फबाट वरिष्ठ अधिवक्ता दामोदर गौतम र प्रगतिशील समूहको तर्फबाट वरिष्ठ अधिवक्ता खगेन्द्र अधिकारी चुनावी मैदानमा उत्रेका छन् ।
मानव अधिकार, कानूनको शासन, कानून व्यवसायीहरुको क्षमता अभिवृद्धि गराउन पहल गर्ने तथा कानून व्यवसायीहरुलाई सामाजिक अभियन्ताको रुपमा अघि बढाउने, सर्वोच्च अदालतबाट हुने न्यायिक फैसला ठिटो छरितो र पारदर्शि बनाउने सोंच बृहत लोकतान्त्रिक समूहको तर्फबाट अध्यक्ष पदका प्रत्याशी उम्मेद्वार दामोदर गौतमको भनाई रहेको छ ।
बृहत लोकतान्त्रिक समूहको तर्फबाट उपाध्यक्षमा वरिष्ठ अधिवक्ता नारायण झा, सचिवमा अधिवक्ता शुभनराज आचार्य, सह-सचिवमा अधिवक्ता पूर्णिमा रिमाल र कोषाध्यक्षमा अधिवक्ता सरोजकृष्ण घिमिरे चुनावी मैदानमा छन् ।
सर्वोच्च अदालतको शनिवार २३ गते हुने निर्वाचनको मैदानमा व्यवसायिक हित र पेशागत स्वच्छता, हाम्रो प्रतिबद्धता भन्ने मूल नारा सहित चुनावी प्रतिस्पर्धामा उत्रेको बृहत लोकतान्त्रिक समूहको पल्ला भारी देखिन्छ ।
त्यस्तै बारलाई विशुद्ध पेशागत रुपमा विकास गर्ने, न्यायिक क्षेत्रमा राजनीतिक प्रभाव न्यूनिकरण गर्ने, बार र वेन्च बीचको मतभेद कम गर्ने लगायत पेशागत हक हितमा मात्र वारलाई अगाडि बढाउने सोंच प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदका प्रत्याशी अधिकारीको भनाई छ ।