arrow

सडक बनाउन गएका मजदुरले सडकमै गुमाए ज्यान, १२ को मृत्यु १७ घाइते

logo
निरज थकाली,
प्रकाशित २०७५ असार २२ शुक्रबार
mustang-accident.png

मुस्ताङ। सडक बनाउन गएका मजदुरले सडकमै ज्यान गुमाएका छन्। मुस्ताङको स्याङ्बोचेमा सडक  निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १२ को मृत्यु भएको हो ।

दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा थप १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनीहरु चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो  ।

गम्भीर घाइतेलाई उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट पोरवरा र काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मुस्ताङ सदसुकामबाट ३० किलोमिटर माथि सडक दुर्घटना भएको हो । 

सो क्षेत्रमा विरूवा कन्सट्रक्सनले सडक निर्माणको काम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ