सडक बनाउन गएका मजदुरले सडकमै गुमाए ज्यान, १२ को मृत्यु १७ घाइते
निरज थकाली,
प्रकाशित २०७५ असार २२ शुक्रबार
590
Shares
मुस्ताङ। सडक बनाउन गएका मजदुरले सडकमै ज्यान गुमाएका छन्। मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १२ को मृत्यु भएको हो ।
दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा थप १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनीहरु चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।
गम्भीर घाइतेलाई उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट पोरवरा र काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मुस्ताङ सदसुकामबाट ३० किलोमिटर माथि सडक दुर्घटना भएको हो ।
सो क्षेत्रमा विरूवा कन्सट्रक्सनले सडक निर्माणको काम गर्दै आएको छ ।