arrow

सडक बनाउन गएका मजदुरले सडकमै गुमाए ज्यान, १५ को मृत्यु (अपडेट)

logo
निरज थकाली,
प्रकाशित २०७५ असार २२ शुक्रबार
mustang-accident2.png

मुस्ताङ । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा १५ मजदूरको मृत्यु भएको छ ।

बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर स्याङ्बोचेमा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

“दुर्घटनामा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ, सबै विवरण आउन बाँकी छ”, उनले भने । दुर्घटनामा परी १७ मजदूर घाइते भएका छन् ।

घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किलोमिटरको दूरीमा रहेको छ । प्रजिअ पौडेलका अनुसार उद्धारमा घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् ।

जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ । “उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पनि आउँदैछ,” खड्काले भने ।

दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको बेनी–कोरला सडकखण्डका इन्जिनियर जगत प्रजापतिले बताए । सोही निर्माण कम्पनीको टिपर दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ