arrow

दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत पोखरा पठाइयो

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार
mustang-accident1.png

मुस्ताङ ।  मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन् ।

दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर शुक्रबार अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिए ।

घाइतेमध्ये पाँच जनालाई मुस्ताङ सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ । अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए  “घटनास्थलमा उद्धार चलिरहेको छ, सबै विवरण आउन बाँकी छ”, प्रजिअ पौडेलले भने।

घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ । प्रजिअ पौडेलका अनुसार उद्धारका लागि घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् । जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए ।

दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा विरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इञ्जिनीयर जगत प्रजापतिले बताए । सोही निर्माण कम्पनीको टिपर दुर्घटनामा परेको हुन सक्ने बताइएको छ । घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ