arrow

मुस्ताङ दुर्घटनाप्रति कांग्रेसले गर्‍यो दु:ख व्यक्त

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार

काठमाडौं । मुस्ताङको स्याङबोचेमा ट्रिपर दुर्घटना भई ज्यान गुमाउनेहरुप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । शुक्रबार डेढ दर्जन बढीको ज्यान जाने गरी भएको दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति नेपाली कांग्रेसले गहिरो दु:ख व्यक्त गरेको हो ।

  कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्याङबोचेमा भएको दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति दुख व्यक्त गर्दै शोक सन्तप्द परिवारप्रति संवेदना प्रकट गरेका छन्  । उनले मृतकहरुप्रति नेपाली कांग्रेसका तर्फबाट भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना समेत व्यक्त गरे ।

यसअघि मुस्ताङको स्याङबोचेमा शुक्रबार दिउँसो भएको ट्रिपुर दुर्घटनामा १९ जना मजदुरको ज्यान गएको थियो । सो दुर्घटनामा १३ जना घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ