arrow

उत्तर प्रदेशमा प्लाष्टिकको कप र गिलास प्रतिवन्ध

logo
प्रकाशित २०७५ असार २३ शनिबार
plastic-glass.JPG

नयाँदिल्ली। भारतको सर्वाधिक जनघनत्व रहेको उत्तर प्रदेशमा प्लाष्टिकको कप र झोला प्रयोगमा प्रतिवन्ध लगाइने भएको छ। यही जुलाई १५ तारिख देखि प्लाष्टिकको कप र झोला प्रतिवन्द गर्ने घोषणा शुक्रबार गरिएको समाचारमा जनाइएको छ। झण्डै २२ करोड जनसङ्ख्या रहेको उत्तर प्रदेशमा यसरी प्लाष्टिकको कप र झोला प्रतिबन्धको घोषणा गरिएको यो तेस्रो पटक हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले आउदो सन् २०२२ सम्ममा देशलाई नै प्लाष्टिकमुक्त मुलुक बनाउने प्रतिवद्धता जनाउनु भएकाले उत्तर प्रदेशले पनि यस्तो घोषणा गरेको बताइएको छ। भारतका बहुसंख्यक अर्थात् २९ प्रदेशले आंशिक रूपमा वा पूर्ण रूपमा प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिसकेका छन्।

यस्तो घोषणा निकै कम ठाउँमा मात्रै वास्तविक रूपमा कार्यान्वयन भएको अधिकारीहरूले जनाएका छन्। उत्तर प्रदेशमा सन् २०१५ मा गरिएको घोषणा कार्यान्वयन विफल भएको थियो। अदालतले कार्यान्वयनका लागि आदेश दिँदा समेत स्थानीय अधिकारीहरूले अस्वीकार गरेकाले कार्यान्वयन भएको थिएन।

“हामीले पूर्ण रूपमा प्लाष्टिक प्रतिवन्धको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेका छौं, यो निर्णय यही जुलाई १५ देखि लागु हुनेछ,” उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले ट्वीटरमा लेख्नु भएको छ।

उन ट्वीटमा थप लेखिएको छ, “प्लाष्टिकको कप, गिलास र झोला प्रयोग गर्न सवै जनाले छोड्नुहुनेछ, प्लाष्टिक प्रतिवन्धको यो घोषणा कार्यान्वयन गर्न म तपाई सवैको सहयोगको अपेक्षा गरेको छु।” एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ