arrow

१५ वर्षीय छोरा र १३ बर्षीया छोरीको हत्यापछि आत्महत्या

logo
प्रकाशित २०७५ असार २३ शनिबार
sydney-father-shot-dead.jpg

सिड्नी। अष्ट्रेलियाको एक ठूलो शहर सिड्नीमा एक पिताले आफ्ना किशोर अवस्थाका दुई छोरा छोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। प्रहरीले शुक्रबार सो जानकारी दिएको छ। सिड्नी शहरमा यो हत्याकाण्ड अर्का एकजनाले आफ्नी श्रीमती, छोरी र छोरीका तीन सन्तानको हत्या गरेको दुई महिनापछि भएको प्रहरीले थप जानकारी दिएको छ।

सिडनीमा अवस्थित एक घरमा छिमेकीले गत बिहीबार गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुग्दा त्यहाँ एक १५ वर्षीय किशोर १३ बर्षीया किशोरीको शव फेला परेको थियो। ती किशोरकिशोरका पिता जोन इदबर्डस् नामक ती व्यक्तिको शव भने शुक्रबार घटनास्थलदेखि नजिकै फेला परेको थियो।

इदबर्डस्को शव फेला परेको स्थानमा दुई वटा शक्तिशाली बन्दुकसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार ती पिताको आफ्ना छोरा छोरीलाई मार्ने आफूले पनि आत्महत्या गर्ने योजना नै रहेको थियो। उनले ‘लाइसेन्स’ प्राप्त बन्दुक प्रयोग गरेका थिए। ती किशोर किशोरीकी ३६ वर्षीया आमा भने दुई वर्ष पहिलादेखि नै अलग्गै बस्ने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ।

जसका कारण उनका पति निकै तनावमा रहेका र यो नै किशोर किशोरीको हत्याको कारण भएको हुनसक्ने अनुमान प्रहरीले गरेको समाचारमा जनाइएको छ। एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ