arrow

ट्रम्प प्रशासनद्वारा आप्रवासी बालबालिकाको डिएनए परीक्षण गरिने

logo
प्रकाशित २०७५ असार २३ शनिबार
hhs-usa-health.jpg

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिका र मेक्सिकोको सीमा इलाकाबाट छुट्टिएका आप्रवासीका बालबालिका र आमाबाबुको डिएनए परीक्षण गर्ने भएको छ। स्वास्थ्य र मानव सेवा एजेन्सी (एचएचएस)ले बिहीबार सो जानकारी दिएको छ। जन्मदर्ता र अन्य विभिन्न प्रमाणको तुलनामा डिएनए परीक्षण बढी भरपर्दो हुने सो विभागले बताएको छ।

पाँच वर्षभन्दा कम उमेरका बालबालिका र उनीहरुका आमाबाबुले यही जुलाई १० बाट डिएनए परीक्षण गराउन सक्ने बताइएको छ। त्यसैगरी जुलाई २६ बाट अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा छुट्टिएका सबै बालबालिका र उनका आमाबाबुको डिएनएन परीक्षण गर्नसक्ने जानकारी गत महिना सान डियागोमा आयोजित एक कार्यक्रममा अमेरिकी न्यायाधीश डिना सबरौँले बताएका थिए।

डिएनए परीक्षण नगरी बालबालिकालाई उनीहरुका आमाबुबा भनेर सुम्पिन नसकिने एचएचएसका अधिकारीले जानकारी दिएका छन्। कागजी प्रमाण पेस गरेर आमाबाबु हौँ भनेर गरिने दाबीकै आधारमा बालबालिका जो कोहीलाई सुम्पिन नसकिने उनीहरुको दाबी रहेको छ।

एचएचएसका अध्यक्ष एलेक्स आजारले डिएनए परीक्षण गर्नुपर्ने बालबालिका र उनका परिवारको यकिन सङ्ख्या भने दिएका छैनन्। तर पनि यो सङ्ख्या तीन हजारभन्दा कम नै भएको उनले बताएका छन्।  सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ