arrow

ओली नेतृत्वको सरकार कम्युनिष्ट अधिनायकवादतर्फः देउवा

logo
बद्री नयाँघरे,ज्ञानु श्रेष्ठ,
प्रकाशित २०७५ असार २३ शनिबार
deuba-ramechhap.jpg

रामेछाप। नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिक अधिकारलाई  बन्देज गरेर निषेधित क्षेत्र घोषणा गर्ने सरकार कम्युनिष्ट अधिनायकवादतर्फ अघी बढेको बताएका छन्। 

नेपाल प्रेस युनियन रामेछापले शनिबार विहान मन्थलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले कम्युनिष्ट सरकारले विरोध गर्न पाउँने जनताको लोकतान्त्रिक अधिकार खोसेको देउवाको आरोप छ ।

सभापति देउवाले सरकारका गतिविधीहरु निरंकुश तथा कम्युनिष्ट अधिनायकवादतर्फ उद्यत हुँदै गएको बताए। देउवाले कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाए । आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयहरु वर्तमान सरकारले उल्टाएर कम्युनिष्ट तानाशाही देखाएको सभापति देउवाको आरोप छ । 

प्रदेश प्रमुखहरुलाइ अवैधानिक भएको भन्दै हटाउन खोजेर अधिनायकवाद लाद्न खोजेको देउवाको आरोप छ।

सरकारका गलत गतिविधि र कम्युनिष्ट अधिनायकवादका विरुद्ध काँग्रेसले सडक र सदन तताउने देउबाले चेतावनी दिए। सरकारका गलत क्रियाकलाप विरुद्ध उत्रिए पनि काँग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता देउवाले व्यक्त गरे।

दुई छिमेकी देशहरुसँग समदुरीमा रहेर मित्रता कायम गर्नुपर्नेमा ओली नेतृत्वको सरकारले भारतसँग लम्पसार परेको र चीनसँग खासै केही नगरेको बताए।

सभापति देउवाले चीनबाट रेल आउँछ भनेर ओली सरकारले जनतालाई भुलभूलैयामा पारेको भन्दै चीनबाट नेपालमा तत्काल रेल आउँने सम्भावना नै नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ