arrow

डा. केसी सरकारी कर्मचारी हुन् सरकारलाई अफठ्यारो पार्न पाइदैन

लोकतन्त्रको नाममा छाडापन र अराजकता बढ्यो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असार २३ शनिबार
aryal.JPG

स्याङ्जा। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले मुलुकमा लोकतन्त्रको नाममा छाडापन र अराजकता बढेको बताएकी छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री अर्यालले लोकतन्त्रको नाममा छाडापन र अराजकताले मुलुकलाई घाटा पुग्ने बताएकी हुन् ।

चिकित्सा क्षेत्रमा भएको अराजकताको विषयमा १४ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको मागलाई सरकारले कसरी हेरेको छ भन्ने पत्रकारहरुको जिज्ञासामा राज्यमन्त्री अर्यालले सबै क्षेत्रमा बेथितिको चाङ् रहेको उल्लेख गर्दै गोविन्द केसीले सरकारलाई अफठ्यारो पारेको बताईन् ।

डाक्टर गोविन्द केसी सरकारको कर्मचारी हुन राजयमन्त्री अर्यालले भनिन्,“सरकारको कर्मचारीले सरकारलाई अफठ्यारो पार्ने काम गर्न पाईदैन ।” सरकारको कामलाई सघाउनु पर्नेमा उल्टो सरकारलाई निर्देशित गर्नेप्रति सरकारको ध्यानाकर्षण भएको छ राज्यमन्त्री अर्यालले भनिन् ।

लोकतन्त्रमा जे पनि गर्न पाईन्छ भन्ने अधिकारले मुलुकलाई अराजकतातर्फ धकेलेको उल्लेख गर्दै राज्यमन्त्री अर्यालले सरकारले केही क्षेत्र निषेधित गर्नु आवश्यक रहेको बताईन् । सरकार सुशासनको खोजीमा रहेको बताउदै राज्यमन्त्री अर्यालले कुनै पनि सरकारी कर्मचारीले सरकारको निर्णयलाई कार्यन्वयन गर्ने हो सरकारलाई त्यो विधेयक ल्याउन निर्देशन दिने होइन् ।

डाक्टर गोविन्द केसीले उठाएका केही मागहरु जायज भएको बताउदै जायज मागलाई सरकार बार्ता गरेर टुङ्गाउन तयार रहेको राज्यमन्त्री अर्यालको भनाई थियो । सरकारले अगाडीको सरकारले गरेका निर्णय बदर गर्दा मुलुकमा राजनीति दन्द्ध हुदैन भन्ने पत्रकारहरुको जिज्ञासामा राज्यमन्त्री अर्यालले जनताले दिएको जनमतको अधिकार सरकारले प्रयोग गर्छ भन्दै बहुमतलाई मान्नुपर्ने धारणा राखिन् ।

प्रदेश प्रमुख हटाएको विषयमा भने छलफलको विषय रहेको भन्दै सरकारको बचाउ गरिन् । संविधानले नागरिकको स्वास्थ्यलाई मौलिक अधिकारका विषय राखेकाले औषधी उपचारमा कुनै कठिनाई नहुने राज्यमन्त्री अर्यालले दावी गरिन् । सरकारले खटाएको ठाँउमा कुनै पनि डाक्टर नगएमा तुरुन्त कारवाहि हुने चेतावनी अर्यालको छ ।  

हरेका स्थानीयतहमा सुविधायुक्त अस्पताल संचालन गर्ने योजना सहित सरकार अगाडी बढेको बताईन् । हरेक वडामा स्वास्थ्य चौकी र हरेक स्थानीयतहमा अस्पताल संचालनमा ल्याएपछि औषधी उपचारमा नागरिकलाई सहजता मिल्ने विश्वास सरकारले लिएको अर्यालको भनाई छ । प्रेस चौतारी नेपालका अध्यक्ष मुक्ति न्यौपानेको अध्यक्षतामा पत्रकार भेटघाट सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ