७२ लागे पूर्व राजा ज्ञानेन्द्र, नेपालगञ्जमा जन्मदिन मनाउँदै
प्रकाशित २०७५ असार २३ शनिबार
694
Shares
काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहले आज नेपालगञ्जमा आफ्नो ७२ औं जन्म दिन मनाउँदैछन् । नेपालगन्जको कारकाँदोस्थित होटल सोल्टीमा शाहलाई शुभकामना दिन राजावादी, स्थानीय नेता कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधरणको भीड लागेको छ ।
उनलाई जन्मदिनको शुभकामना दिन पूर्व झापादेखि पश्चिमका जिल्ला र राजधानीबाट समेत शुभेच्छुकहरु नेपालगञ्ज पुगेका छन् । जन्म दिनको दिन पारेर उनले आज बिहान नेपालगञ्जको बागेश्वरी मन्दिर गएर पुजा गरेका थिए । जन्म दिन मनाउन शाह, केही दिनअघि पत्नी कोमल लिएर नेपालगञ्ज पुगेका थिए ।