arrow

नेपाली भूमिमै नेपाल–भारत सीमा बैठक 

logo
प्रकाशित २०७५ असार २३ शनिबार
nepal-india-flag.jpeg

दार्चुला । गृहमन्त्रालयले स्वीकृति दिएपछि नेपाल र भारतका अधिकारीहरूको समन्वय बैठक बस्ने पक्का भएको छ । नेपाली पक्षको पहलमा दार्चुला सदरमुकाम खलंगामा असार २८ गते बैठक बस्ने पक्का भएको हो।

यो बैठकमा सीमा क्षेत्रमा आपसी समन्वय, सहयोग र सूचना आदानप्रदानका विषयमा छलफल हुनेछ । गृह मन्त्रालयले बैठक आयोजनाका लागि स्वीकृति दिइसकेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । 

नेपालका तर्फबाट दार्चुला र बैतडीका अधिकारीहरू बैठकमा सहभागी हुने छन । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवाला निकायका प्रमुख बैठकमा सहभागी हुने जोशीले बताए । 

भारतका तर्फबाट  पिथौरागढ जिल्लाका डिएम, धारचुला तहसिलका एसडिएमका साथै अन्य सरोकारवाला निकायका प्रमुख बैठकमा सहभागी हुने बताईएको छ । बैठकको तयारीका लागि भारतीय पक्षसँग सम्पर्क र समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । 

शुक्रबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसहितको टोलीले पिथौरागढका डिएम सी रविशंकरसंग धारचुलामा अनौपचारिक भेटघाट गरेको छ । प्रमुख जिल्ला अधिकारी आचार्यको पिथौरागढका डिएमसँग पहिलो भेटघाट भनिएको छ । गएको फागुन २१ गते भारतीय पक्षको व्यवस्थापनमा पिथौरागढमा सीमा बैठक बसेको थियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ