arrow

गढीमाई मन्दिरमा सोलार जडान

logo
मुकेश यादव,
प्रकाशित २०७५ असार २३ शनिबार
gadimai.jpg

बारा ।  लक्ष्मी बैंक तथा लक्ष्मी केर्यसले बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ ।
 
बैंकले २० लाखको लागतमा १४ थान सोलार जडान गरी एक कार्यक्रमका बिच शनिबार हस्तनान्तरण गरेको छ । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजना सोलार हस्तनान्तरण कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्वकर्ण जैनले हस्तनान्तरण गरेका छन ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पर्यटकिय स्थलमा लक्ष्मी बैंकले जडान गरेको सोलारलाई नगरपालिकाले सुरक्षा दिने र त्यसको रेखदेख गरी बेला बेलामा सोलार प्यानलको सरसफाई गराउने बताए । उनले गढीमाई मन्दिरमा दर्शन गर्न धेरै भिआईपीहरु आएर गढीमाई माताको मन्दिरको विकास लागि बजेट दिने वाचा गरेपनि त्यो वाचामा नै सिमित रहयो, तर लक्ष्मी बैंकले वाचा नगरेपनि सोलार जडान गराएको प्रति आभार प्रकट गरेका थिए ।

कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्वकर्ण जैनले माताको आर्शिवादले केही गरौ भने उद्देश्यका साथ सोलार जडान गर्न लगाएको बताए । आउंदो दिनमा गढीमाई मन्दिरको विकास र सौन्दर्यकरण गर्नको लागि सहयोग गर्ने डायरेक्टर जैनले प्रतिबद्धता जनाएका थिए । बैंकका कर्मचारीहरुको सहयोगमा लक्ष्मी केर्यस कोष खडा गरी विपद, वातावरणमा विभिन्न स्थानमा सहयोग गर्दै आएको छ ।

कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत अमिता बज्रचार्य, लक्ष्मी बैंक कलैया शाखाका प्रबन्धक प्रकाशचन्द्र पोख्रेल, वीरगन्जका प्रबन्धक अमितेश यादव, हेथौडाका प्रबन्धक भुवन कोईराला, महागढीमाई नगरपालिका १ का वडा अध्यक्ष सुदामा साह, ९ का वडा अध्यक्ष शशिकान्त मिश्र लगायतको सहभागिता रहेको थियो । विकास समितिका अध्यक्ष रामचन्द्र साहको सभापतित्वमा भएको सोलार हस्तनान्तरण कार्यक्रको सञ्चालन सचिव मोतिलाल कुशवाहाले गरेका थिए भने स्वागत मन्तब्य प्रभुलाल कुशवाहाको रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ