सर्वोच्च बारमा लोकतन्त्रवादी र प्रगतिशिलका क कस्ले जीते?
अध्यक्ष सहित ८ पदमा प्रगतिशिल सचिव सहित ७ पदमा लोकतन्त्रवादी
प्रकाशित २०७५ असार २३ शनिबार
433
Shares
काठमाडौं। नेपाल बार एशोसियसन अन्तर्गतको सर्वोच्च बारमा प्रगतिशिल र लोकतन्त्रवादीको मिश्रीत परिणाम आएको छ।
शनिवार सम्पन्न चुनावको मतपरिणाम अनुसार अध्यक्ष सहित वहुमत पदमा नेकपा निकट कानुन व्यवसायीहरु निर्वाचित भएका छन्।
लोकतन्त्रवादीहरु भने सचिव सहित ७ पदमा निर्वाचित भएका छन्।
अध्यक्षमा खगेन्द्र अधिकारी र उपाध्यक्षमा राजु खड्का प्रगतिशिल समहबाट निर्वाचित भएका छन्। अधिकारीले ३०३ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिष्पर्धी दामोदर खड्काले २४३ मत ल्याए। उपाध्यक्षमा खड्काले ३२४ मत ल्याउँदा प्रतिष्पर्धी नारायण झाले २१७ मत ल्याए।
लोकतन्त्रवादीहरुका तर्फबाट सचिवमा शुभन राज आचार्यले, सहसचिवमा पूर्णिमा रिमाल गुरागाई, कोषाध्यक्षमा सरोज कृष्ण घिमिरे निर्वाचित भए। आचार्यले २९७ मत ल्याई विजयी हुँदा उनका प्रतिष्पर्धी वासुदेव सिग्देलले २३९ मत ल्याए। सहसचिवमा रिमालले २८१ मत ल्याउँदा प्रतिष्पर्धी पूण्यशिला दवाडी घिमिरेले २५६ मत ल्याइन। कोषाध्यक्षमा घिमिरेले २७५ मत ल्याउँदा प्रतिष्पर्धी धनन्जय खनालले २५४ मत ल्याए।
सदस्यहरुमा प्रगतिशिलबाट ६ जना निर्वाचत भएका छन् भने लोकतन्त्रवादीका तर्फबाट ४ जना मात्र निर्वाचित भए।
लोकतन्त्रवादीहरुका तर्फबाट रमेश महर्जन, भुवन प्रसाद वाग्ले, कल्याण पोखरेल र संतोष कुमार महतो निर्वाचित हुँदा प्रगतिशिलबाट किरण कुमारी गुप्ता, राजु आचार्य, राजाराम उपाध्याय भट्टराई, पुष्पराज पौडेल, दिपेन्द्र कुमार राई र मुरारी प्रसाद सापकोटा निर्वाचित भए।