arrow

पूर्वराजाले मनाए जन्मदिन, पारस फोटो खिच्दैमा व्यस्त

logo
प्रकाशित २०७५ असार २४ आइतबार
ganendra_ex-king.jpeg

नेपालगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा आफ्नो ७२ औं जन्मदिन मनाएका छन् । उनले शनिबार यहाँस्थित सोल्टी होटलमा मनाएका छन् । 

होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ औं जन्मदिनको शुभकामना र बधाई दिएका थिए । 

आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीनातिना सहित पूर्व राजा ज्ञानेन्द्र शाह बिहिवार नेपालगन्ज पुगेका थिए । पूर्वयुवराज पिताको जन्मदिनमा सुभेक्षुकहरुसंग तस्वीर खिच्नमा बढी व्यस्त देखिएका थिए । तर पूर्वरानी र पूर्व युवराज्ञी भने देखिएनन् ।

बिहान १० देखि दिउँसो १ बजेसम्म पूर्वराजालाई शुभकामना दिन सयौंको भीड लागेको थियो । साँझ भने पारिवारिक जमघट भएको थियो । 

आप्mनो जन्मदिनको अवसरमा पूर्व राजा शाह शनिबार बिहान यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर जानु भई पूजाअर्चना पनि गरेका थिए । दुई हप्ताका लागि पूर्वराजा नेपालगञ्ज आएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ