arrow

जापानमा वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

logo
प्रकाशित २०७५ असार २४ आइतबार
japan-flood.jpg

टोकियो । जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन् । 

जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९ लाख व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्न निर्देशन दिएको बताएका छन् । 

दशौँलाख मानिसलाई सजग रहन भनिएको छ । विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन् । 

जापानको क्योडो समाचार संस्थाका अनुसार कैयौँ पीडितहरूको पहिरोमा पुरिएर ज्यान गएको छ । 

जापानको राजधानी टाकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रवार र शनिवार गरी ५८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ । उक्त संस्थाले आउने दिनमा थप वर्षा हुने जनाएको छ । 

हिरोशिमादेखि ३०० किलोमिटर पूर्वमा पर्ने क्योटोमा पनि भारी वर्षा भएको छ । 

जापान में तीन दिन से भारी बारिश: शहरों में 16 फीट तक पानी, 38 की मौत; 40 लाख लोग प्रभावित, international news in hindi, world hindi news

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ