arrow

सरकार कहिल्यै झुक्दैन 

logo
प्रकाशित २०७५ असार २४ आइतबार
bishnu-rimal.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार कहिल्यै नझुक्ने स्पष्ट पारेका छन् । डा गोविन्द केसीको आमरण अनसनको प्रसंग चलिरहँदा सल्लाहकार रिमालले सरकार कहिल्यै नझुक्ने बताएका हुन् । 

उनले भने, ‘यो जनताको सरकार हो कहिल्यै झुक्दैन ।’ उनले डा गोविन्द केसीले वार्ता गर्न चाहे वार्ता हुने र अन्टसन्ट बोले वार्ता नहुने पनि स्पष्ट पारे । उनले भने, ‘सरकारलाई दवाव दिने जनताले मात्र हो ।’

उनले डा गोविन्द केसी सम्मानित व्यक्ति भएकाले एक जना सम्मानित व्यक्तिले दुःख पाउनु राम्रो नभएको भन्दै समाधानका लागि अगाडि आउन पनि आग्रह गरेका छन् । 

सल्लाहकार रिमालले सरकार अहिले नै वार्ता गर्न तयार रहेको र डा केसी पनि वार्तामा आउनु पर्ने बताएका छन् । 

उनले डा केसीका तन्नेरी समर्थकलाई भनेका छन्, ‘डा केसीलाई आमरण अनसनमा राखेर बाहिर बाहिर उत्तेजना फैलाउन भन्दा आफै अनसन बसेको राम्रो ।’

सरकार मेडिकल माफियाको चंगुलमा नफसेको भन्दै रिमालले माफियासंग साँठगाँठ भन्नेलाई थाहा होला माफिया को हुन् अहिलेसम्म सरकारले माफिया चिनेको छैन । 

जायज माग जसका पनि सम्वोधन हुने पनि रिमालले स्पष्ट पारेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ