arrow

सुरु भयो वर्षाको खतरा घण्टी

logo
प्रकाशित २०७५ असार २४ आइतबार
raining.jpeg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले वर्षाको खतराको घण्टी बजाएको छ । महाशााखाले आइतबार, सोमबार र मंगलबार देशैभर बदली रही हल्का, मध्यम वा भारीसम्मको वर्षाको सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाले पहाडी क्षेत्रको पहिरोग्रस्त क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो । 

महाशाखाका अनुसार आइतबार दिउँसो देशभरिनै सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । साँझ पनि देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने देशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

असार २५ गते सोमबार दिउँसो देशभरिनै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने पूर्वी तथा मध्ये क्षेत्रको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

सोही दिन साँझ पनि देशभरिनै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने तथा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ