arrow

रुखले च्यापिएर गम्भीर घाइते बोहोराको पनि मृत्यु, मृतक तीन पुगे 

logo
रमित बिक
प्रकाशित २०७५ असार २४ आइतबार
bajura-district.png

बाजुरा । गौमुल गाउँपालिका वडा नं ३ गर्जेमा रुख हाँगाले च्याप्पिएर घाईते भएका खन्टे बोहराको समेत मृत्यु भएको छ । शुक्रवार मध्यरातमा भएको सो घटनामा सोही वडाका २ जनाको भने घटनास्थलमै मृत्यु भईसकेको थियो । 

दहकोट गर्जेको रातीमाटा भन्ने स्थानमा भएको सो दुर्घटनामा परी २२ बर्षिय भिम बहादुर बोहरा र २३ बर्षका धर्म बोहराको मृत्यु भएको थियो । बोहोरा दाजुभाइसँगै रहेका गम्भिर घाईते खन्टे बोहोराको समेत मृत्यु भएको जनाइएको छ । 

उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि शनिबार बेलुकी ७ बजे बाहिर रिफर गरिएको थियो । 

घाईतेको अवस्था निकै नै गम्भिर रहेकोले जिल्लामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला स्वास्थय कार्यालय बाजुराका प्रमुख रुपचन्द्र विश्वकर्माले बताए । उपचारका लागि लैजाँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

काठ चिर्न गएका उनीहरु जंगलमा पानीको ट्याङ्गकी नजिकै पाल टाँगेर सुतिरहेको बेला रुखको हागाँ भाँच्चिएर सो दुर्घटना भएको हो । अचानक हावाहुरी लागेका कारण वास बसेको स्थानकै रुखको हाँगा भाँचिदा त्यसमा च्यापिएर बोहोरा दाजुभाइको मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ