arrow

कञ्चनपुर नेविसंघमा तीन महिनामा तीन अध्यक्ष

logo
ईश्वर दत्त बडू
प्रकाशित २०७५ असार २४ आइतबार
NSU_NEW_Flag.jpeg

कञ्चनपुर। नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरमा तीन महिना नपुग्दै तीन अध्यक्ष नियुक्त भएका छन्। राज बहादुर चन्दलाई जिल्ला अध्यक्षमा नियुक्त गरेसंगै कञ्चनपुर नेविसंघमा तीन अध्यक्ष नियुक्त भएका हुन् ।

असार १८ मा नेबिसंघले एक विज्ञप्ती जारी गर्दै राज बहादुर चन्दलाई जिल्ला अध्यक्षमा जिम्मेवारी दिईएको जनाएको थियो। नेबि संघ केन्द्रिय उपाध्यक्षद्वय नविन राई र प्रकास रानाद्वारा हस्ताक्षर गरिएको पत्रमा चन्दलाई अध्यक्षको जिम्मेवारी दिई संघको विधान अनुसार यथासिघ्र जिल्ला अधिवेशन गराउन जिम्मेवारी दिएको उल्लेख गरिएको थियो।

यस अघि गत जेठ २८ मा कृष्ण भट्टलाई अध्यक्षको जिम्मेवारी दिईएको थियो भने बैशाखमा टेक पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिईएको थियो । यसरी नेबिसंघले ३ महिनामा ३ जनाले कञ्चनपुरको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन् ।

आन्तरिक कलह र फरक फरक गुटका कारण जिल्लामा अलग अलग व्यक्तिलाई जिम्मेवारी दिइएको छ। यसरी पटक पटक फरक फरक ब्यक्तिलाई जिम्मेवारी दिएपछि नेविसंघ भित्र तिब्र बिवाद र आलोचना तीव्र रुपमा देखिएको बिद्यार्थी नेताहरु बताउँछन् । 

निर्वाचित केन्द्रीय समितिले विधान विपरित आफू निकटलाई टिके प्रथाबाट अध्यक्ष बनाउने अलोकतान्त्रिक परिपाटी अनुसार काम गरेको भन्दै केन्द्रीय समितिको समेत तिब्र आलोचना गरिएको छ । साथै तीन ओटै अध्यक्षलाई हटाएर निर्वाचनबाट कञ्चनपुर नेविसंघको नेतृत्व छनोट गर्नुपर्ने बिद्यार्थीहरुले माग गरेका छन्।जिल्ला अधिवेशन यथासिघ्र निर्वाचन प्रक्रियाबाट गराउन समेत नेविसंघ केन्द्रीय समितिसँग विद्यार्थीहरुले आग्रह गरेका छन् । निर्वाचन प्रक्रियाबाट यथासिघ्र जिल्ला अधिवेशन नगराइए आन्दोलन गर्ने  बिद्यार्थीहरुले चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ