arrow

सञ्चारसम्बद्ध नियुक्ति खारेज गर्ने सरकारको निर्णय बिरुद्ध युनियन

logo
प्रकाशित २०७५ असार २४ आइतबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । नेपाल प्रेस युनियनले शेरबहादुर देउवाको पालामा संञ्चारसम्बद्ध क्षेत्रमा भएको नियुक्तिहरु हटाउने सरकारले निर्णयमा आपत्ति प्रकट गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले सार्वजनिक गरेको विज्ञप्तिमा सरकारले प्रक्रियागत ढंगले नियुक्त भएकाहरुलाई हटाउने निर्णयले युनियन गम्भीर रहेको उल्लेख गरिएको छ ।

अहिले सार्वजनिक गरिएको विज्ञप्तिमा सरकारले अहिले काम गरिरहेका मानिसहरुलाई जबरजस्ती हटाउने काम गरेको र नियुक्ति गर्दा यसअघिको कार्यविधि पालना नगरिएको उल्लेख गरिएको छ ।

सरकारले आफ्नो दुई तिहाइको दम्भ देखाएर सञ्चारसम्बद्ध क्षेत्रमा आफ्ना कार्यकर्ताहरु भर्ती गरेको युनियनले आरोप लगाएको छ । यसले अहिलेको सरकार सबैको साझा सरकार नभई केवल पार्टीविशेषको सरकार रहेको स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ ।

युनियनले सरकारले गरेको निर्णयहरुको विरोध गर्दै हटाइएकाहरुलाई पूर्ववत् काममा फर्काउनका लागि माग गरेको छ । साथै युनियनले राजनीतिक तथा मानवअधिकार क्षेत्रलाई यो विषयलाई गम्भीरतापूर्वक लिनको लागि आग्रह गरेको छ ।

सरकारले गोरखापत्र संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्याय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्यहरु विमला भण्डारी र गोविन्द कोइराला, नेपाल टेलिभिजन संचालक समिति सदस्यका रुपमा ट्रेड युनियनका प्रतिनिधि गोविन्द धिताल, राष्ट्रिय समाचार समितिमा कर्मचारी प्रतिनिधिका रुपमा संचालक समिति सदस्य एकराज पाठक सहित अन्य संचार सम्वद्ध संस्थामा काम गर्दै आएकाहरुलाई जवर्जस्ती हटाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ