arrow

उपकुलपतिलाई विमानस्थलबाट फर्काइएकोबारे मागियो जवाफ

logo
प्रकाशित २०७५ असार २४ आइतबार
Pro.-Dr_.-Kul-Prasad-Koirala_.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ,सांसद् एवं राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालालाई अपमानपूर्वक विमानस्थलबाट अभियुक्त झै फर्काईएको बारेमा सरकारसँग जवाफ माग गरेका छन् ।

राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले उपकुलपतिलाई विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा रोकिनु निरंकुश चरित्रको प्रदर्शन भएको बताए। उनले सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन आयोजना गर्ने म्याण्डेट लिने अवसर अप्ठेरोमा परेको बताए। ‘नेपालले सन् २०२४ मा सम्मेलन आयोजना गर्ने तयारीमा जानुपर्ने महत्वपूर्ण काममा बाधा पुगेको छ’, पाण्डेले भने।

उनले एयरपोर्टमा प्रक्रिया पुरा गर्दा ६ जनालाई बाहिर जाने अनुमति दिएको तर उपकुलपतिलाई हठात् प्रहरीले  अभियुक्तझै धरपकड गरेर ल्याइएको भन्दै विरोध गरे।

‘साढे पाँच बजे उनलाई एयरपोर्टबाट बालुवाटार ल्याइयो र साढे ७ बजे मात्र मुक्त गरियो’, पाण्डेले भने, ‘प्रधानमन्त्रीले भेट्न खोज्नु भएको भनियो। तर समय नभएको भनेर अर्को दिन भेट्न भनियो। ८ बजे प्लेन उड्दै थियो। यो निरंकुश घटना भयो।’ यससँगै विश्वसामु नेपाली संस्कृत जगतलाई सरकारले लज्जित बनाएको उनको आरोप थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ