arrow

विश्व कीर्तिमानको तयारीमा अनन्तराम केसी

logo
प्रकाशित २०७५ असार २४ आइतबार
kc_(3).jpg

काठमाडौं ।  प्रखरवक्ता अनन्तराम केसी सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन् । केसीको विश्व  कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा शुरु हुनेछ ।

 अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको छ ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गरेका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन‍् । मनोशक्तिको खोजीमा देशका सबै जिल्लाको पैदल यात्रा गरेका केसीको अभियानलाई सफल बनाउन जोरपाटीमा वृहत छलफल गरी विभिन्न समितिहरु गठन गरिएको छ ।

 सामाजिक अभियन्ता कुमार राज सुवेदीको संयोजकत्वमा मूल समिति र अन्य एक दर्जन बढी उपसमितिहरु गठन गरिएको छ । कार्यक्रममा संयोजक सुवेदीले विश्व रेकर्डको तयारी र यसले नेपालको चिनारीका लागि पार्ने प्रभावका बारेमा जानकारी दिएका थिए  भने केसीले विगतको प्राविधिक त्रुटीलाई सच्याएर यसपक विश्व कीर्तिमान राख्ने दृढता व्यक्त गरे।

 केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् ।  उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिए ।

 नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाए पनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारतका  अश्विन सुडानीको नाममा लगातार ७५ घण्टा ३२ मिनेट बोलेको रेकर्ड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ