काठमाडौं । सरकारले निकालेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको आइतबार बिदाई गरिएको छ । आइतबार भुसाललाई प्राधिकरणका निमित्त सचिव मुकुन्द निरौलाले माला, टोपी लगाई तथा मायाको चिनो प्रदान गर्दै बिदाई गरे ।
उनको बिदाइमा प्राधिकरणले एक कार्यक्रम आयोजना गरेको थियो । बिदाइ कार्यक्रममा बोल्दै उनले प्राधिकरणका सबै तह र तप्काका कर्मचारी वर्ग एवं सम्बन्धित निकाय, नेपालका सरकारका विभिन्न निकार्यहरु, विकास साझेदारहरु एवं संचारमाध्यमको सहयोगमा पुनर्निर्माणको क्षेत्रमा योगदान गर्न पाएको बताए ।
अघिल्लो सरकारले पौने चार महिना र वर्तमान सरकारले पौने पाँच महिना काम गर्ने अवसर दिएकोमा धन्यवाद दिंदै उनले आगामी आर्थिक वर्षमा निजी आवासतर्फका कार्यहरु सम्पन्न गर्ने जग बसेको जानकारी दिए ।
असार २० गतेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट मुक्त गर्ने निर्णय गरेको थियो ।