arrow

उपकुलपति काण्ड : कांग्रेसले भन्यो - अपहरण शैलीको दुर्व्यवहार सह्य हुदैन

logo
प्रकाशित २०७५ असार २४ आइतबार
biswa-prakash1.png

काठमाडौं । नेपाली कांग्रेसले महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.  कुलप्रसाद कोइरालालाई अपहरणको शैलीमा गरिएको दुर्व्यवहारलाई गम्भीरतापुर्वक लिएको जनाएको बताएको छ । आइतबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सो बताएका हुन् ।

प्रवक्ता शर्माद्वार जारी विज्ञाप्तीमा भनिएको छ 'महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.  कुलप्रसाद कोइरालालाई अपहरणको शैलीमा गरिएको दुर्व्यवहारलाई हामीले गम्भीरतापुर्वक लिएका छौं । क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तथा आगामी दिनमा नेपालमै विश्व सम्मेलन गर्ने तयारीका लागि आवश्यक भूमिका निभाउने कार्यक्रम देशकै लागि महत्वपूर्ण थियो । तर, सरकारले कार्यक्रमको महत्वलाई वुझ्न सकेन ।'


सरकाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको  छवीलाई समेत असर पुर्‍याएको कांग्रेसले विज्ञप्तिमा जनाइएको छ । कांग्रेसले प्राज्ञिक क्षेत्रसंगै आम नागरिकसंगको व्यवहार र शैलीलाई सच्याउन नसके सरकारले झनै चुनौती सामना गर्नु पर्ने चेतावनी दिएको छ ।

 विज्ञप्तिमा 'यो घटनाले एकातर्फ सरकारको अनुदार चरित्रलाई थप प्रष्ट्याएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय मञ्चमा देशको छवीलाई समेत असर पुर्‍याएको छ । सरकारको यो व्यवहारको निन्दा गर्दै नेपाली कांग्रेस प्राज्ञिक क्षेत्रसंगै आम नागरिकसंगको व्यवहार र शैलीलाई सरकारले सच्याउन नसके आगामी दिनमा सरकारले झनै चुनौती सामना गर्नु पर्ने चेतावनी दिन चाहन्छ' भनिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ