arrow

कसले बाँध्यो सरकारका हातखुट्टा 

logo
प्रकाशित २०७५ असार २५ सोमबार
kp-sharma-oli.jpg

काठमाडौं । दुई तिहाई बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार अनि तीन चौथाइको समर्थन भएको सरकार । र पनि काम भने पटक्कै केही भएको छैन । सरकार गठन भएको पाँच महिना हुन लाग्दासमेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै ओलीको आलोचना सुरु भएको छ ।

सरकारले काममा भन्दा पनि भाषणमा बढी जोड दिएको आरोप सरकारमाथि लगाएका छन् । स्थायी समितिको बैठकमा पनि नेताहरुले सरकारको कार्यशैलीप्रति खुलेरै आलोचना गरेका थिए । ओलीमात्र होइन उनका सेनाहरु पनि त्यही बाटोमा हिँडेका छन् । जहाँ जान्छन् गफै गरेर फर्कन्छन् । एक स्थायी समिति सदस्यले निकै चित्त दुखाएरै भने, ‘हामीलाई कम्युनिष्ट नेता हौं भनेर हिंड्न लाजमर्दो भइसक्यो, जहाँ जान्छौं आलोचना खाएरमात्र फर्किनुपर्छ ।’
 
पार्टीभित्रैबाट आलोचना सुरु भएपछि ओलीले कामका लागि दृढ भएर लाग्न निर्देशन दिनु त कता हो उनले उल्टै त्यसको प्रतिवाद गर्न नेताहरुलाई निर्देशन दिएको एक नेताले बताए । उनले भने, ‘म त अलमलमा छु प्रधानमन्त्री ज्यूले प्रतिवाद गर्न भन्नुभयो कि काम गर्न ,’

अहिलेको सरकारको तीतो यथार्थ यो हो कि ओलीले काम गर्न पाएनन् र काम भएन भन्ने ठाउँ छैन । किनकि नेपालको इतिहासमा यो नै अहिलेसम्मकै बलियो कम्युनिष्ट सरकार हो । तर सरकारले गर्दै आएका काम कारवाही हेर्दा भने अलिअलि बचेखुसेको नेपाल पनि सोमालियाजस्तो हुने चिन्ता बढ्दो छ । 

काम गरेको भनिएका सिन्डिकेट हटाउने, सुन काण्डका छानविन, काम नगर्ने ठेकेदारहरु पक्राउ गर्ने लगायतका कामहरु गरिएको भनिए पनि त्यसमाथि नै झन् ठूलो राजनीति भइरहेको छ । जनताले भन्न थालिसकेका छन् –कहाँ घट्यो सिन्डिकेट ? 

यो विषयमा मन्त्रीहरुबीच नै मतभेद छ । आफ्नो सेटिङका लागि उनीहरु कुँदिरहेका छन् । 

सडकको दुर्दशाले दैनिक हिँडडुल गर्न समस्या भएका बेलामा सरकारले देशभर रेल दौडाउने सपना बाँडेको छ । पहिले सडक त ठीक गर्नु पर्यो भन्ने जनआवाज चर्किँदो छ । 

कम्युनिष्ट सरकार बाहिरबाट निकै मजबुद छ । तर भित्रभित्र निकै खोक्रो भइसकेको तर्क गर्न थालिएको छ । एमाले र माओवादी मिलेर बनेको (नेकपा) भित्रभित्र असन्तुष्टिका स्वरहरु गुन्जिन थालेका छन् । 

एक स्थायी समिति सदस्यका अनुसार अब काम नगर्ने मन्त्रीलाई फर्काउनका लागि तीव्र दवाव दिइनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ