arrow

उपकुलपति कोइरालाबारे शिक्षा मन्त्रालयको यस्तो स्पष्टोक्ति

logo
प्रकाशित २०७५ असार २५ सोमबार
Education-ministry.jpg.jpeg

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालालाई विदेश जान रोक लगाइएकोबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मन्त्रालयले सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्बन्धित पदाधिकारीको हैसियतमा वैदेशिक भ्रमण गर्दा प्रचलित कानुन बमोजिम सम्बन्धित तालुक निकायबाट अनुमति लिनुपर्ने प्रावधान भए पनि कोइरालाले कुलपति वा सहकुलपति वा मन्त्रालयबाट कुनै पनि प्रकारको अनुमति नलिएको स्पष्ट पारेको छ । 

‘यसका अलावा निजको भिसा सिफारिसका निम्ति सम्बन्धित विश्वविद्यालयबाट यस मन्त्रालयलाई कुनै पनि प्रकारको अनुरोध गरेको देखिएन र यस मन्त्रालयले तत्सम्बन्धमा कुनै सिफारिस गरेको पनि छैन । तसर्थ निजको वैदेशिक भ्रमण सम्बन्धमा विभिन्न संचार माध्यमहरुमा प्रसारित कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण सरोकारवालाहरुलाई यस मन्त्रालय अपिल गर्दछ ।’ मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ