arrow

रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु, ७० भन्दा बढी घाइते

logo
प्रकाशित २०७५ असार २५ सोमबार
rail-accident1.jpg

काठमाडौं । टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ७० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

टर्कीको सरकारी टेलिभिजन च्यानललाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार बुल्गेरियाको सीमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलका ६ वटा डिब्बा लिकबाट उछिट्टिएको उक्त टेलिभिजनले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । तर मौसम खराव रहेको बताइएको छ । दुर्घटनामा रुसी पर्यटकहरु परेको जनाइएको छ । 

Tekirdag province in Turkey



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ