arrow

माथागढी गाउँपालिकाले ल्यायो ३९ करोडको बजेट

logo
रामचन्द्र रायमाझी
प्रकाशित २०७५ असार २५ सोमबार
Palpa_District.png

पाल्पा । माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७५–०७६ को नीति बजेट तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ । गाउँपालिकाले दोस्रो गाउँसभाबाट आवको लागि ३९ करोड ४१ लाख सात हजार बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले पुँजीगत खर्च तर्फ १३ करोड ८९ लाख २१ हजार जसमा कुल आयको ३५.२५ प्रतिशत र चालु खर्च तर्फ २५ करोड ५१ लाख ८६ हजार जसमा कुल आयको ७५ प्रतिशको बजेट प्रस्तुत गरेका हुन् । 

यस्तै गाउँपालिकाको आन्तरिक तर्फको आम्दानी ५३ लाख २० हजार, संघीय सरकारतर्फबाट वित्तिय समानीकरण अनुदान ८ करोड ९९ लाख, सशर्त अनुदान १४ करोड ५९ लाख,  राजश्व बाँडफाँडबाट ६ करोड ९६ लाख ५१ हजार, सामाजिक सुरक्षा भत्ता ५ करोड ५० लाख, प्रदेश सरकारतर्फबाट राजस्व बाँडफाँड मार्फत ५७ लाख ५७ हजारको बजेट प्रस्तुत गरिएको छ । 

बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष थापाले आर्थिक वर्ष २०७५–०७६ को बजेट सन्तुलित रुपमा ल्याईएको बताए । उनले सिंगो गाउँपालिकालाई आर्थिक रुपमा समृद्धि बनाउने तर्फ गाउँपालिका रहेको बताए । उनले एक वर्षको समयमा दरवन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीलाई सोचे अनुरुप सेवा प्रदान गर्न नसकेको गुनासो गरे ।  

गाउँपालिकाले आर्थिक वर्षका लागि सामाजिक विकास र पूर्वधार विकासमा प्रथामिकता दिएको छ । सामाजिक  विकास अन्तर्गत ५ करोड ३१ लाख ७० हजार रकम विनियोजन गरेको छ । जसमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैंङ्गिक समानता तथा समावेशीकरण, संस्कृति प्रर्वद्धन र युवा तथा खेलकुद क्षेत्र रहेका छन् । 

पूर्वधार विकास अन्र्तगत ५ करोड ४१ लाख ५ हजार रकम विनियोजन गरिएको छ । जसमा सडक, पुल, सिचाई, भवन तथा सहरी विकास, उर्जा लघु तथा साना जल विद्युत् लगायतका क्षेत्रहरु रहेका छन् । गाउँपालिकाले सोही अवसरमा स्थानीय राजपत्र पनि सार्वजनिकीकरण गरेको छ । स्थानी राजपत्र सार्वजानिक गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सभाका सांसद विरबहादुर रानाले  स्थानीय तहहरुले निश्चित क्षेत्र, समुदायको स्वार्थ भन्दामाथि उठेर बजेट निर्माण गर्नु पर्ने बताए । सांसद रानाले जनतालाई सेवाको पहुँचमा पु-याउनु नै संघीता भएकाले  जनताहरुलाई संघीयताको अनुभूति गराउनु पर्नेमा स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरे । 

जनताहरुको आवश्यकता र समृद्धिलाई ध्यानमा राखेर जनप्रतिनिधि र कर्मचारीहरु अगाडि बढ्नुपर्नेमा सांसद रानाले  जोड दिए । यस क्षेको विकासका लागि नयाँ खाका सहित अगाडि बढ्नका लागि गाउँपालिकालाई संसद रानाले सुझाव दिए । कार्यक्रमा पत्रकार महांसघका अध्यक्ष राजेश कुमार अर्यालले  नमूना र जनतालाई अनुभुति हुने खालका काम गर्न सुझाव दिए । कार्यक्रममा पत्रकारहरु प्रेस युनियनका सभापति भरत शर्मा, माधव अर्याल, रिखिराम राना, मुक्तिप्रसाद न्यौपाने किरण कौशल लगायतले गाउँपालिकाले जनताका कामहरुलाई ध्यानमा राखेर काम गर्न सुझाव दिए । 

कार्यक्रम गाउँपालिकाका अध्यक्ष सन्तोष थापको अध्यक्षता, उपाध्यक्ष निर्मला भट्टराईको स्वागत र कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत दीपक कुमार नेपालीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ