arrow

चार वर्षे बालकसहित दुईको मृत्यु

logo
प्रकाशित २०७५ असार २५ सोमबार
Jhapa_District.png

सुरुङ्गा । झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारीको आफनै घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो । 

दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा झरेर डुबेको प्रहरीले जनाएको छ । यता बिर्तामोड–२ निवासी धनमाया लिम्बूको करेन्ट लागेर मुत्यु भएको छ । 

६५ वर्षीया लिम्बूलाई विद्युत्को तार जडान गर्ने क्रममा आइतबार करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ