-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाललाई पित्रृशोक परेको छ। खनालका पिता टिकाराम खनालको सोमबार विहान निधन भएको हो।
काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पताल उपचार गराउँदै गरेको अवस्थामा खनालको निधन भएको हो। पूर्व सहसचिव समेत रहनुभएका खनाल ७६ बर्षको हुनुहुन्थ्यो।
खनालका ३ छोरा मध्ये शैलेन्द्र सशस्त्र प्रहरीको महानिरिक्षक हुन भने अर्का छोरा कुमुद खनाल नेपाल प्रहरीमा कार्यरत छन्। खनालका अर्का छोरा भुवन खनाल हुन।
स्वर्गीय खनालको सोबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।