arrow

पाल्पा टाईम्सका सम्पादक गैरेलाई पितृ शोक

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार २५ सोमबार
gaire-ba.jpg

पाल्पा । पाल्पा टाईम्स  साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष, प्रेस युनियनका पुर्व केन्द्रीय सचिव तथा नेपाली काँग्रेस पाल्पाका जिल्ला सचिव झपेन्द्र गैरेलाई पितृ शोक परेको छ ।

गैरेका बुवा पूर्णानन्द गैरेको ९४ वर्षको उमेरमा सोमबार निधन भएको हो । लामो समय देखि विरामी रहेका गैरेको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा निधन भएको हो । उनको आज नै राम्दीघाटमा अन्त्यष्टी गरिएको छ ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक शोक वित्तप्ती निकाली स्वर्गीय पूर्णानन्द गैरेप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ