arrow

नारायणगढ– मुग्लिन सडक फेरि अवरुद्ध

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
Mugling-Narayanghat.jpeg

चितवन । नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा मंगलबार बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । 

त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन् । यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो मंगलबार बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । 

सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । 

विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँठाउँमा पहिरो खसेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ