arrow

जापानमा वर्षाको कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो 

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
japan-flood2.jpg

काठमाडौं । जापानमा भारी वर्षपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । जापानीको सरकारले दिएको जानकारीअनुसार पछिल्लो तीन दशमा बाढीपहिरोको कारण यसवर्ष सबैभन्दा धेरै मानिसहरुले ज्यान गएको हो । 

सरकारले बाढी पहिरोमा हराइरहेका मानिसहरुको खोजी कार्य तीव्र पारेको छ । अझै पनि दर्जनौं मानिसहरु बेपत्ता रहेको बताइएको छ । प्रभावित क्षेत्रबाट २० लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जापानको सरकारले जानकारी दिएको छ । 

भारी वर्षपछि आएको विपत्तिको कारण जापानी प्रधानमन्त्री सिन्जो अवेको आफ्नो विदेश भ्रमण पनि स्थगित गरेका छन् । जापानको ओकायामालगायतका स्थानहरुमा वर्षाले निकै क्षति पुर्याएको छ । 

अबको केही दिनमा मौसम सफा हुने र उद्धारकार्य पनि सहज हुने अनुमान गरिएको छ । 

Soldiers carry an elderly woman to a vehicle to be evacuated after rescuing her following heavy flooding

Residents cross an area still flooded in Kurashiki, Okayama prefecture on July 9, 2018

man walks past a devastated street during floods in Saka

This picture shows an aerial view of flooded houses in Kurashiki

Soldiers carry an elderly woman to a vehicle to be evacuated after rescuing her following heavy flooding



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ