arrow

दुर्घटनामा चार यात्रु घाइते

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
accident-final.jpeg

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा मंगलबार भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नंको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८० नंको ट्रकमा ठोक्किँदा ना ५ ख ५९४६ नंको ट्रकमा सवार यात्रु घाइते भएका हुन् । 

घाइतेको अहिले स्थानीय नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ